अपराध, लुम्बिनी प्रदेश

पश्चिम नवलपरासी प्रहरीले एकैसाथ १४ जना फरार प्रतिबादी पक्राउ

नवलपुर टुडे
२०८० मंसिर २४ | मध्यान्ह ०९:०८ बजे

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकैसाथ १४ जना फरार प्रतिबादी पक्राउ गरेका छन ।

शनिबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र मातहत प्रहरी इकाईबाट खटिएका प्रहरी टोलीले सम्मानित जिल्ला अदालत नवलपरासीबाट बिभिन्न मितिमा कैद तथा जरिवाना फैसला भइ सजाय भुक्तानी गर्न बाँकी रहेका १४ जना फरार प्रतिबादीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

पक्राउ परेका फरार प्रतिबादीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानका लागि सम्मानित जिल्ला अदालत नवलपरासीमा बुझाएको उनले बताए ।

निज फरार प्रतिबादीहरुबाट रु.१५१८९५/- अक्षरुपी एक लाख एकाउन्न हजार आठ सय पन्चनब्बे जरिवाना र १ बर्ष ४ महिना २९ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ । साथै फरार प्रतिबादी पक्राउ गर्ने कार्य अभियान निरन्तर रुपमा जारी रहेको बोहोराले जानकारी दिए ।

कमेन्टहरु