टाेखामा सिचु पाठशाला तथा मन्टेश्वरी ट्रेनिङ शुभारम्भ


काठमाडौं । सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर टोखा- ३ लाम्नेमा मंगलबारदेखि सुभारम्भ भएको छ । दक्ष जनशक्ति र अनुभवी शिक्षक, शिक्षाकाहरुद्वारा सञ्चालित टोखा नगरपालिकाको उत्तरी भेगको पहिलो मन्टेश्वरी पाठशाला हो। यस मन्टेश्वरी प्रिस्कुलमा पारिवारिक वातावरणमा बालबालिकाको इच्छा, अाकांक्षा, मनोविज्ञानलाई ध्यानमा राखी प्रयोगात्मक, अडियो, भिडियो पद्धति, प्रयोगात्मक पद्धति, अपनाएर अध्ययन अध्यापन गराइनुका साथै सभ्य,अनुशाशित, कर्तव्य बोध र बालबालिकाहरुको इच्छा अनुसार लक्ष्य निर्धारण गराउने तवरले अध्यापनका साथै सुसंस्कार सिकाउने ध्येयका साथ सिचु पाठशाला स्थापना गरेको सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरका प्रिन्सिपल सरिता महर्जनले जानकारी गराइन् ।
बिगत डेढ दशकदेखि सोही क्षेत्रमा कार्यरत अनुभवी प्रशिक्षकहरुद्वारा सञ्चालित पाठशालामा बालबालिकाहरुको देकियर, मन्टेश्वरी र मन्टेश्वरी ट्रेनिङ गरि तीनवटा प्याकेजमा पाठशाला सञ्चालन भएको छ।
टोखा न.पा वडा नं ३ का अध्यक्ष रमेश डंगोल शिक्षा क्षेत्रमा बालबालिकाहरुलाई प्रयोगात्मक र पारिवारिक वातावरणमा अध्ययन अध्यापन गराउने सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर सञ्चालन ल्याइएकोमा बधाई दिए । युवा जोस जागरले सञ्चालनमा ल्याएको यस ट्रेनिङ सेन्टरले २०७९ सालमा वडामा सञ्चालन गरेको मन्टेश्वरी ट्रेनिङले महिला दिदीबहिनीहरुमा जोश, अात्मविश्वास र रोजगारीको अवसर सृजना गर्दै नयाँ राजगरको मार्ग खोलिदिएकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यत्त गरे ।
टोखा न.पा २ नं वडा अध्यक्ष धर्वेन्दर श्रेष्ठले पाठशाला तथा ट्रेनिङ सेन्टरले सञ्चाल नगरेको मन्टेश्वरी ट्रनिङको प्रशंसा गर्नुका साथै यस मन्तेश्वरी पाठशाला टिमले आगामि दिहरुमा निमावि र माविसम्मको विद्यालय बनाउन सकुन भनेर शुभकामना व्यत्त गर्नुका साथै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको बिजारोपन गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गरे ।
टोखा न.पा.३ वडा सदस्य शान्ता राईले यस सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरद्वारा २०७९ सालमा सञ्चालन गरेको प्रशिक्षण गर्नुका साथै युवा टिमवर्क आजको आवश्यकता महिला टिमको खुलेर प्रशंसा गर्नुका साथै आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने वाचा गरे।
टोखा नगर शिक्षा शाखा खगेन्द्र धामीले शिक्षा क्षेत्रमा मन्टेश्वरी भनेको महत्त्वपुर्ण जग हो । यस जगले नै बाबलबालिकाहरुको भविष्य निर्धारण गर्ने हुँदा सम्वेदनसिल भएर अध्ययन अध्यापन गर्न गराउन सुझाव दिए।
टोखा नगरपालिकाकी उपमेयर मुरारी तामाङले सृजनशील, जुझारु, समुहद्वारा सञ्चालित यस सिचु पाठशालाको प्रशंसा गर्दै साथ सहयोगसंगै सहकार्य गर्दै जाने वाचा व्यक्त गर्दै उत्तर उत्तरोत्तर प्रगति एवम् बधाई तथा शुभकामना व्यक्त गरिन् ।























