त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित (तस्बिरसहित)
जगत ठाडा मगर
२०८० मंसिर १८ | मध्यान्ह ०२:०८ बजे
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका कर्मचारीहरू आन्दोलित भएका छन्। त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ शिक्षण अस्पताल इकाई समितिले अस्पातलमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी लगायत अन्यको यस अघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन्।
मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।