कम्प्यूटर वल्र्डद्धारा राजस्व छलीको कार्यमा तिब्रता


वीरगंज १६ मंसिर। वीरगंज महानगरपालिका लिंकरोडको उत्तरपट्टी आर्मी व्यारेक पछाडिको बाटोको पूर्वपट्टी अवस्थित कम्प्यूटर वल्र्ड नामक पसलले नेपाल सरकारको दिनहुँ लाखौं राजस्व छलिरहेको समाचार स्रोतले जनाएको छ ।
कम्प्यूटर वल्र्डमा कम्प्यूटर, ल्यापटप, प्रिन्टर लगायतका सामानहरु विक्रि हुने गरेको छ । सो पसलका सञ्चालक रबिन्द्र साहले केही सरकारी कार्यालयमा सामानहरु सप्लाई गर्दा मुल्य भन्दा बढीको बिल बनाएर कर्मचारीहरुलाई दिने गरेको ती स्रोतको भनाई रहेको छ । यसको अलावा ग्राहकहरुले सामान किन्न जाँदा भ्याट बिल नदिई साधारण बिल दिने गरेको बताईन्छ ।
सञ्चालक साहले ग्राहकहरुलाई तपाईलाई भ्याट बिल किन चाहियो ? साधारण बिल लिनुस केही भयो भने म छु नि भन्दै नेपाल सरकारको राजस्व छलिरहेका कम्प्यूटर वल्र्ड माथि नियमनकारी निकायको ध्यान नजाँदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।
यस सन्दर्भमा सञ्चालक रबिन्द्र साह सँग तपाई ग्राहकहरुलाई भ्याट बिल नदिई नेपाल सरकारको राजस्व छलि राख्नु भएको छ भनि जिज्ञासा राख्दा उनले म अहिले पार्टीमा छु, भेटेर नै कुरा गरौंला भनि प्रतिक्रिया दिए ।























