अपराध, मधेश प्रदेश

नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

रासस
२०८० मंसिर १६ | मध्यान्ह ०६:०८ बजे

वीरगन्ज । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एकजनालाई पक्राउ गरेको छ ।

गैरकानुनी गतिविधि गरेको आरोपमा बाराको आदर्श कोतवाल गाउँपालिका–८, लक्ष्मीटोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।

‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा  घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै वीरगन्ज महानगरपालिका–२३, हरपतगञ्जस्थित व्यापारीसँग मासिक रूपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

कमेन्टहरु