अपराध, मधेश प्रदेश

वीरगन्जमा लागूऔषधसहित २ जना पक्राउ

नवलपुर टुडे
२०८० मंसिर १६ | मध्यान्ह ०५:०८ बजे

पर्सा । लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ठ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु