नवलपरासीको बर्दघाटमा दुई लाख भन्दाबढी मुल्यको अबैध चिनी बरामद


नवलपरासी, मंसिर १६ । पश्चिम नवलपरासीको बर्दघाटमा दुई लाख भन्दाबढी मूल्य बराबरको अबैध चिनी बरामद गरिएको छ ।
शुक्रबार साझ अन्दाजी ८:३० बजे जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त मुल्यका अबैध चिनी बरामद गरिएको हो ।
बर्दघाट नगरपालिका- १५ नौडिहवास्थित धर्म न्यौपानेको कोही नबस्ने एक तल्ले टिनले छाएको घरमा अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखिएको ५० किलोको दरले ५४ बोरा (अं.२७ क्वीन्टल) अन्दाजी मुल्य रू. २,१६,०००/- (दुई लाख सोह्र हजार) बराबरको चिनी बरामद गरी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिएको छ ।
उक्त चिनी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाउने तयारी गरिरहेको पन्थीले बताए ।























