रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, एक घाइते


बुटवल, मंसिर १६। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ महुवारीमा स्कुलबसको ठक्करबाट २ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन् ।
लुम्बिनी कर्कहवा सडक खण्डमा लु १ क १७७८ नम्बरको सिद्धार्थ बोर्डिङ स्कुल सुर्यपुराको बसले ३ जना सवार लु १ प ८४८२ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाईकलमा सवारहरुको मृत्यु भएको हो ।
घटनापछि स्थानीयले स्कुलबसमा आगजनी गरेका छन् । आगोले बस पुर्ण रुपमा क्षती भएको छ ।
घटनामा मोटरसाईकलमा लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद ईरसाद र १६ बर्षिय रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाईते हुनेमा सोही ठाउकै १७ बर्षिय अप्सना खातुन रहेकी छन् । उनको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको बताईएको छ ।
घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।























