अभिनेता प्रदीप खड्का फिल्म ‘ऐरी’ बाट बलिउडमा डेब्यु गर्दै

नवलपुर टुडे
२०८० मंसिर १२ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ, मंसिर १२ । अभिनेता प्रदीप खड्काले बलिउड फिल्ममा डेब्यु गर्दै छन् । उनी फिल्म ऐरीबाट बलिउडमा प्रवेश गर्न लागेका हुन् ।
निर्माण टिमले मंगलबार फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो । टिजरबाट फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ ।
हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने फिल्म जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त लगानीमा फिल्म बन्न लागेको हो । फिल्म २०२४ मा रिलिज हुनेछ ।























