कर्णाली प्रदेश, समाज

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत बोकेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै

जगत ठाडा मगर
२०८० मंसिर १२ | बिहान ११:०८ बजे

काठमाडौ । चर्चित नेपाली टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमालीको जोडी भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ ।

दुबईमा इन्गेजमेन्ट सकेर गत बिहीबार नेपाल आएका उनीहरू राहत सामग्रीसहितको प्याकेज बोकेर मंगलबार भूकम्प प्रभावित क्षेत्र पुग्न लागेका हुन्।

आफन्तका अनुसार उनीहरूले भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न लागेका हुन्। उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका १ सय ६५ घरधुरीलाई राहत सामग्री वितरण गर्नेछन्।

‘जाजरकोट भूकम्पको केन्द्रबिन्दु रामीडाँडाका १ सय ६५ घरधुरीलाई करिब एक महिनाका लागि पुग्ने खाद्यान्नसहित उनिहरु त्यसतर्फ जाँदै छन ।,’ एक आफन्तले भने, ‘सम्पूर्ण तयारी पूरा भइसकेको छ । मंगलबार दिउँसो त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ।’

रामीडाँडाका १६५ घरधुरीमा वितरण गर्न १/१ बोरा चामलसहित दाल, नुन र तेललगायतको प्याकेज तयार गरिएको छ।

त्यस्तै, ३ सय ५० विद्यार्थीलाई कापी, कलमलगायत स्टेसनरी सामग्री पनि वितरण गर्न लागिएको छ। विद्यार्थीहरूका लागि एक–एक सेट ट्र्याक सुटको पनि व्यवस्था गरिएको छ । कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ रोजेका थिए।

त्यहाँ राहत सामग्री लैजान उनीहरूले नेपालगन्जबाट ट्रकमा सामान लोड गरिसकेका छन्। राहत वितरण गरिने क्षेत्रसम्म ट्रक जान नसक्ने भएकाले ४ घण्टाको बाटोमा ट्रयाक्टरमा ओसारिनेछ।

टिकटकबाटै जोडिएका यी प्रेमी जोडी केही समयअघि दुबईमा इन्गेजमेन्ट गरेको थिए।

गत असोज १९ गते उनीहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा इंगेजमेन्ट गरेका थिए। उनीहरूले आफ्नो इन्गजमेन्टका इभेन्टहरू टिकटकमार्फत् पनि सार्वजनिक गरेका थिए।

उनीहरूको इन्गेजमेन्टले नेपालमा पनि चर्चा पाएको थियो। उनीहरूलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेसमेत सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए।

कमेन्टहरु