कोशी प्रदेश, घटना

इलाममा अरिङ्गालले टोकेर मृत्यु

नवलपुर टुडे
२०८० मंसिर १० | बिहान ०७:०८ बजे

इलाम, मङ्सिर १० गते । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालले टोकेर घाइते भएका मगरलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मगरको हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । 

कमेन्टहरु