घटना, मधेश प्रदेश

महोत्तरीमा असईको गोली लागेर प्रहरी जवान साह घाइते

नवलपुर टुडे
२०८० मंसिर ९ | बिहान ११:०८ बजे

महोत्तरी । महोत्तरीमा असईको गोली लागेर एक जवान घाइते भएका छन । प्रहरी चौकी हलखोरीका इन्चार्ज असई रामेश्वर प्रसाद यादवले ३० कात्तिक राती ११:३० मा सुत्नुअघि हतियार clearence गर्ने बेला हतियारको ब्यारेलमा भएको गोली पड्की सोही चौकी बाहिर  सेंट्री ड्यूटी बसेका प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन् ।

सो गोली भित्तामा लागेर फर्केर जवानलाई लागेको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए।  उनले यस घटनाबारे थप अनुसन्धान भइरहेको  बताएका छन् । घटना कात्तिक ३० गते रातीकै भएपनि असई यादवले घटना लुकाएका थिए।  

घाइते जवान उपचारको लागि सप्तरी पुगेपछि प्रहरीले जानकारी पाएको एसपी मल्लले बताए । उनले घाइते जवानको अवस्था सामान्य रहेको र हाल घरमै उपचार भइरहेको छ । असई यादवको निलम्बनको प्रक्रिया अगाडि बढेको एसपी मल्लले बताएका छन् ।

कमेन्टहरु