मधेश प्रदेश

स्थानीयहरुमा खानेपानीको हाहाकार मेयर शाह खुल्याम भ्रष्टाचारमा

दिपेश कुमार शाह
२०८० मंसिर ९ | बिहान ०७:०८ बजे

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकश जैसवालले पुरानो संरक्षणहरुलाई डुबान तर्फ जादै वडा अध्यक्ष चन्दन कुमार कुशवाहले अफ्नो सामाजिक संजाल फेस्बुकामा उल्लेख गरेको छन ।
नगर प्रमुख जैसवालको लापरवाहीले गर्दा स्थानीयहरु शुद्ध पानी पिउनबाट बन्चित भएका छन ।

लामो समयदेखी पानी ट्यांकीबाट पानी नआउदा स्थानीयहरु मारमा परेको हो । वडा अध्यक्ष कुशवाहाले नगर प्रमुख जैसवालको नेपाल सरकार सवारी साधन गाडीलाई छिनेर जनताहरुको पानी खुवाउने पत्रकार शाह लाई बताए । दुई वटा वडामा शुद्ध खानेपानीको लागि पानी ट्यांकी निर्माण हुदा यहाका जनताहरु निकै खुशी भएका थिए कटहरिया नगरपालिकाको चरम लापरवाहीले गर्दा राम्रो संग शुद्धपानी पिउनबाट  बन्चित भई नै रहन्छ भनेर गुनासो स्थानीयहरुले गरेका छन ।

शुद्ध खानेपानीको आशमा यहाँ स्थानियहरुले अ—आफना घरहरुमा हैण्ड पाईप नै जडान गराउन छाडेको र अहिले यस्तो समस्या आउदा शुद्ध पानीको लागि पसलहरुबाट बोतलको पानी खरिद गरी पिउनु पर्ने बाध्यता भएको एक जना ब्यपारी बताउनु भयो ।
शुद्ध पानीको अभावले पानी नपिउदा स्वास्थ्यमा समेत गडबडी भईरहेको भन्दै खानेपानीको समस्यालाई चाडै समाधान गर्न सम्बन्धीत निकायलाई ध्यान आर्कषण हुनु पर्ने र चाडै धारामा पानी ल्याउनु पर्ने स्थानियले आग्रह गरेका छन ।

 
कटहरिया नगरपालिकाले खानेपानीको विद्युत महसुल नतिरेकोले गर्दा नेपाल विद्युत प्राधिकरण मौलापुरले खानेपानीको लाईन काटेको स्थानियहरुले बताउनु भयो । करिब एक महिनादेखि कटहरिया बासिले शुद्ध पानी पिउनबाट बन्चित भएका छन ।
जिल्लाकै चर्चित बजारको रुपमा रहेको कटहरियामा खानेपानीको अवस्था यस्तो हुनु दुःखत रहेको स्थानियहरुको भनाई रहेको छ ।

कमेन्टहरु