कोशी प्रदेश

उर्लाबारीको आगलागीमा परेका तीन ३ जनाको मृत्यु, ६ जना अझै आईसीयूमा उपचारत

नवलपुर टुडे
२०८० मंसिर ७ | मध्यान्ह १२:०८ बजे

विराटनगर । उर्लाबारीमा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । तिहारको लक्ष्मी पूजाको राती मोरङको उर्लाबारीमा भएको आगलागीमा घाइतो भएका कुमार तामाङको आज बिहान वर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएसँगै तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपचारकै क्रममा कार्तिक २९ गते तपन पण्डित, बुधवार राती हेमकुमार दाहाल र बिहान तामाङको उपचारको क्रममा मृत्यु भएको छ । गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरी रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

जसमध्य हाल अस्पतालमा २२ जना घाइतेहरू उपचाररत रहेको र ६ जनाको भने आईसीयू कक्षमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको हो ।

कमेन्टहरु