१७ बुदेँ मागसहित नेपाली काँग्रेस र जसपाले बुझायो सखुवानन्कारकट्टी गाउँपालिकामा ज्ञापनपत्र


प्रदिप सिंह
लहान, मंसिर ७ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नेपाली काँग्रेस र जसपाले १७ बुदेँ माग सहित संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
महिनै दिनदेखि पटक पटक कर्मचारीहरुलाई तलब खुवाउने वातावरण मिलाउन आग्रह गर्दा पनि पालिका अध्यक्ष केदार नाथ यादव आलटाल गर्दै तलब भत्ता, बृद्ध भत्ता नखुवाएको प्रति आफू गम्भीर भएको उपाअध्यक्ष निलम यादवले आरोप लगाएका छन् । जसका कारण वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुनै आन्दोलित भएका छन् ।
नेपालि कांग्रेस र जनता समाजवादी नेपालले संयुक्त रुपमा ज्ञापनपत्र जारी गरी सखुवान्नकारकट्टी गाउँपालिकाका कार्यवाहक प्रमुख प्रसाशकिय अधिकृत हरी नारायण चौधरीलाई बुझाएका हुन् ।
पालिका उपाध्यक्ष निलम यादव, वडा नं. १ का वडा अध्यक्ष संजय कुमार यादव, वडा नं. २ का वडा अध्यक्ष तनुकलाल यादव, वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव लगायत कार्यपालिका सदस्य र वडा सदस्यहरुका हस्ताक्षर सहित ज्ञापनपत्र बुझाइएको हो । चाडपर्वमा पनि कर्मचारीले तलब नपाएको र तीन महिनाको समाजिक सुरक्षा भत्ता किन र के कति कारणले वितरण हुन सकेन, गत आर्थिक वर्ष ०७९ र ०८० को सम्पूर्ण हिसाब विवरण कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउनु पर्ने, मिति २०८०।३।२५ गते परिषदले गरेको सम्पूर्ण निर्णयहरु खारेज हुनु पर्ने लगायत १७ बुँदे माग सहित विज्ञप्ती पालिकाका कार्यबाहक अधिकृत चौधरीलाई बुझाएको हो ।
अहिले यो विषयमा आफू केहि न बोल्ने प्रमुख प्रसाशकिय अधिकृत राजीव कुमार झा आएपछी अधिकृतलाई बुझाउने कार्यबाहक अधिकृत चौधरीले बताए । आफूहरुको माग सम्बोधन नभए कानुनी प्रक्रिया अपनाई कडा आन्दोलन गर्ने २ नं.का वडा अध्यक्ष तनुकलाल यादवले बताए ।
उपाध्यक्ष निलम यादव र वडा नम्बर १ का वडा अध्यक्ष सञ्जय कुमार यादव, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार यादव र वडा नम्बर २ का वडा अध्यक्ष तनुक लाल यादव लगायतका पालिका सदस्यीयहरुले पालिका भित्र भएको भ्रष्टाचारको पोल खोलेका छन् ।
पछिलो चुनाबमा पालिकाले पालिकाको नाममा एम्बुलेन्स र जेसीबी किनेको झन्डै वर्ष दिन भइसक्दा पनि अझै एम्बुलेन्स सेवा संचालनमा आएको छैन । एम्बुलेन्स कँहा छ ? कुन ठाँउमा राखिएको छ ? किन संचालनमा आएको छैन ? खोजीनीति गर्दा उपाध्यक्ष निलम यादव, वडा अध्यक्ष रमेश यादव र वडा अध्यक्ष संजय यादवले पटक पटक पालिका अध्यक्ष केदार नाथ यादव र प्रमुख प्रसाशकिय अधिकृत राजिब झालाई सोध्दा कुनै जानकारी नदिइएको नम्बर १ का वडा अध्यक्ष यादवले बताए ।
























