सुभद्रा-विश्वराज स्रष्टा सम्मान विनोदीलाई

नवलपुर टुडे
२०८० मंसिर ७ | बिहान १०:०८ बजे

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको सुभद्रा-विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई प्रदान गर्ने भएको छ।
समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त सम्मान नगद राशि २१,१११।-रुपैयाँसहित रहेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। सम्मान आगामी पुस १६ गते नेपाल स्रष्टा समाजको सत्रौं स्थापना दिवसका दिन प्रदान गरिने छ।
यसअघि यस सम्मानबाट कविहरू -रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्देल र श्रीहरि फुयाँल सम्मानित भएका छन्।


















