मधेश प्रदेश

सिरहा ठाडी भन्सारका डीएसपी भट्ट जनताको रोजाइमा

नवलपुर टुडे
२०८० मंसिर ७ | बिहान ०९:०८ बजे

सिरहा, मंसिर ७ । सिरहाको सीमावर्ती नेपाल भारत नाका ठाडी भन्सारका सशस्त्र प्रहरी बलका डीएसपी दुर्गा प्रसाद भट्ट यतिबेला आम जनताको रोजाइमा परेका छन् ।

सीमा नाकामा आम जनताको दैनिकीलाई ख्याल गर्दै भट्टका कमाण्डमा सशस्त्र प्रहरी बलका टोलीले सुरुक्षा चुस्त र दुरुस्त तवरले भन्सार छलीका सामान बरामद गर्न एकातिर सक्रिय भएका छन् भने अर्कोतिर भट्टको कमाण्डमा खटिएका प्रहरी टोलीले स्थानिय पालिकाको एक घरलाई आगलागी हुनबाट जोगाएका हुन ।

त्यस्तै भगवानपुर गाउँपालिका वाडा नम्बर ४ अन्तर्गत ठाडी नाकामा रहेको प्रहरी चौकीले भर्खरै हिन्दुधर्मावलम्बीको महान चाड बडादशैको अवसरमा छिमेकी देश भारतबाट ठुलो संख्यामा नेपालीहरु आफ्नो जन्मभुमि फर्किने गरेको अवस्थामा नागरिकको लागि नागरिक सहायता कक्षसमेत सञ्चालन गरेर आम मानिसलाई सहयोग गरेको यथार्थ ताजा रहेको छ ।

नियमित रूपमा गस्ती र भन्सार छलीका सामान बरामद भइरहेको यस नाकामा सशस्त्र प्रहरी बलका कारण यतिबेला स्थानीय मानिसको सास्तीमा कमी आएको स्थानीहरुले बताएका छन् ।

नेपाल भारत खुल्ला सीमाको कारण नेपालको मुख्य बजारको रूपमा रहेको लोकाहा बजारबाट गरायसी सरसामान किनमेल नियमित भइरहेको अवस्थामा स्थानिय पालिकाहरुमा हुने धार्मिक कार्य भोजभतेर, वैवाहिक कार्य लगायतको कार्यहरूका लागि सम्बन्धित पालिकाको सिफारिसमा गरायसी र भोजभतेरका सरसामान आयात निर्यातमा सहजता गराइरहेको स्थानियहरुले बताएका छन ।

डीएसपी भट्ट आएदेखि भन्सार छलीका घटनामा कमी आएको र भारतीय सीमा नाका खुल्ला भएको कारणले चौरीको बाटो धेरै भएको कारणले यदाकदा चोरी निकासी भएपनि भट्टको कमाण्डमा टोलीले अहोरात्र खटेर सुरुक्षा दिइरहेको छ ।

कमेन्टहरु