नवलपुरमा सर्पको टोकाईबाट एकजना बालिका घाईते

नवलपुर टुडे
२०८० मंसिर ४ | बिहान १०:०८ बजे

कावासोती, मंसिर ४ । पुर्वी नवलपरासीमा सर्पको टोकाईबाट एकजना बालिका घाईते भएका छन । घाईते हुनेमा बुटवल उपमहानगरपालिका- ११ देवीनगरका बर्ष ११ की सन्ध्या नेपाली रहेको नवलपुर प्रहरीले जानकारी दिए ।
उनी बिनयी त्रिबेणी गाउँपालिका- ३ सर्दी आफ्नो ठुलीआमाको घर आएका थिए । उनलाई खोरमा कुखुरा थुन्नेक्रममा आइतबार साझ ८:३० बजे सर्पले टोकेको हो ।
उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैईरहेको र अबस्था सामान्य रहेको अस्पताल श्रोतले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कावासोतीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।























