वडा अध्यक्ष कुशवाहाद्वारा बत्ती जडान, स्थानीयहरु हर्षित

दिपेश कुमार शाह
२०८० मंसिर ३ | बिहान ०७:०८ बजे

रौतहट, मंसिर ३ । रौतहटको कटहरीया नगरपालिका वडा नं ४ हर्साहामा हरेक पोलमा बत्ती जडान भएपछि त्यस गाउँका स्थानीयहरु हर्षित भएका छन् ।
वडा नं ४ को वडा स्तरीय बजेट १५ हजार र आफ्नो व्यक्तिगत लागत १६ हजारमा वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले बत्ती जडान गराएका हुन् । बिगत १ बर्ष पहिला नगरपालिकाले बत्ती जडानका लागि १५ हजार रुपैयाँ छुट्याउने गरेको तर यस बर्ष नगरपालिकाबाट कुनै किसिमको बजेट विनियोजन नगरेको अध्यक्ष कुशवाहाले संचारकर्मीलाई जानकारी दिए ।
गाउँ उज्यालो पार्नको लागि चन्दन कुशवाहाको अगुवाइमा गाउँको युवाहरुले हरेक पोलमा बत्ती जडान गरिदिएपछि त्यस गाउँका स्थानीयहरु हर्षित भएका छन् ।























