नेपाली कांंग्रेसले थप गरे सहकारी विभाग, प्रमुखका जिम्मेवारी पुर्व गृहमन्त्री देवेन्द्रराज कँडेललाई

नवलपुर टुडे
२०८० मंसिर १ | मध्यान्ह ०२:०८ बजे

नवलपरासी, मंसिर १ । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले एउटा विभाग थप गरेका छन् । सभापति देउवा ले शुक्रबार केन्द्रीय सदस्य एवम् पुर्व गृहमन्त्री देवेन्द्रराज कँडेललाई सहकारी विभाग प्रमुखको जिम्मेवारी तोकेका हुन् ।
नेपाली कांग्रेसको गत साउन २ देखि १० गतेसम्म चलेको बैठकले पार्टीका विभागहरूको संख्या ७० पु¥याउने निर्णय गरेको थियो । त्यही बैठकको अन्त्यमा भदौ १५ भित्र विभागहरू गठन गरिसक्ने प्रतिबद्धता पनि महामन्त्री गगन थापाले जनाएका थिए ।
तर, मंसिर १ गते देउवाले थप एउटा विभाग बनाएका हुन् । नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, मीन विश्वकर्माको नेतृत्वमा केन्द्रीय प्रचार विभाग गठन भएको थियो ।
सभापति देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा सहकारी विभाग थप गरेका हुन् ।























