मुख्य समाचार, सूचना / प्रबिधि

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

नवलपुर टुडे
२०८० मंसिर १ | मध्यान्ह १२:०८ बजे

काठमाडौँ । नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता त्रिपाठीका अनुसार रिट पेस भइसकेको छ । दर्ताको प्रक्रियामा छ। सरकारले सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ।

त्रिपाठीको रिट निवेदनमा सरकारको निर्णयले नागरिकको अभिव्यक्तिको हक हनन गरेको र स्वतन्त्रतामा अंकुश लगाउने काम भएको दाबी गरिएको छ। सरकारले भने टिकटकले विकृति, विस‌ंगति ल्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कमेन्टहरु