धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश
कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जनमा कृष्ण नगर सीमा नाकामा विशेष कडाई



जिल्ला सुरक्षा समितिको पुरै टोली बिहानैदेखि कृष्णनगरमा रहेका छन।प्रजिअ शंकरहरि आचार्यले कृष्ण नगर भन्सारमा बसेर सिसी टिभीबाट निगरानी गरिरहेका छन । ‘मूर्ति बिसर्जनको र नाकामा हरेक गतिविधिहरू हामीले नियाली रहेका छौ, मूर्ति विसर्जन नसकिए सम्म हामी पुरै सतर्क छौ ’ उनले भने ।
प्र्जिअ आचार्यले मूर्ति बिर्सजनका क्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए । ४ वर्ष अघि लक्ष्मीको मूर्ति बिसर्जनको क्रममा भएको घटनामा एक जनाको कृष्ण नगरमा ज्यान गएको थियो। कृष्णनगरमा २ सय र महाराजगन्जमा एक सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन । महाराजगन्ज र कृष्ण नगरमा मूर्ति विसर्जन कार्यक्रम सुरक्षा घेरा भित्र राखिएका छ ।
कृष्णनगरमा सोमवार १९ वटा लक्ष्मीको मूर्ति विसर्जन गरिने कार्यक्रम रहेको छ । बुधवार १ सय ७० मूर्ति विसर्जन भई सकेका छन भने बिहीबार ७० वटा मूर्ति विसर्जन गरिनेछ।बाकी ९ वटा जति शुक्रवार गरिनेछ। कृष्णनगरमा हुन सक्ने सम्भावित दङ्गालाई रोक्न मूर्ति बिर्सजन दिउँसोे नै गरी सक्नु स्थानीय स्तर मै नियम बनाइएको थियो । शान्ति सदभाव कायम गर्न कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहको संयोजकत्वमा ९ सदस्यीय समिति समेत निर्माण गरिएको थियो।मूर्ति विसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको थियो।
शान्ति सुव्यवस्था कायम गर्न कार्तिक २८ देखि ३० गते सम्म जिल्लाभर मदिरा बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको थियो।























