Opens in a new tab

देश, राजनीति, सूचना / प्रबिधि

टिकटक बन्द गर्ने सरकारी निर्णय अविलम्ब फिर्ता होस् : कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

नवलपुर टुडे
२०८० कार्तिक २७ | मध्यान्ह ०५:०७ बजे
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारी निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेका छन्।

सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो।

 

कमेन्टहरु