अपराध, मधेश प्रदेश

रौतहटमा अज्ञात समूहको आक्रमणबाट दुईजना घाइते, नगद र सुनचाँदी लुटे

दिपेश कुमार शाह
२०८० कार्तिक २७ | बिहान ०९:०७ बजे
काल्पनिक तस्बिर

रौतहट । अज्ञात समूहले चन्द्रपुरमा गएराती दुई जना लाई घाइते बनाउँदै एक घरमा लुटपाट गरेका छन् । ४ जना भन्दा बढिको समुहमा आएका लुटेराहरुले चन्द्रपुर नगरपालिका ५ निवासी सोनेलाल चौधरीको श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउँदै लुटपाट गरेका छन् ।

चौधरीले घरमा लक्ष्मी माताको पूजा गर्दा राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी  अज्ञात समूहले लुटेर लगेको पीडित परिवारले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चौधरीको श्रीमतीलाई टाउकोमा चोट लागेको छ । लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासि आक्रमण गरेको पीडित परिवारले जनाएका छन् ।

 इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले लुटेराको खोजी भइरहेको बताए । चाडपर्वको बेला शान्ति सुरक्षामा प्रहरीले प्रभावकारिता देखाउन नसक्दा लुटपाट र कुटपिटको घटना हुने गरेको छ ।

कमेन्टहरु