मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको हिमालीमा १ सय ५५ जना विद्यार्थीलाई झोला बितरण

उमेश रोकाया
२०८० कार्तिक २५ | बिहान ११:०७ बजे

बाजुरा, कार्तिक २५ । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडी कुलमस्टाजन आधारभुत बिधालय १ सय ५५ जना विद्यार्थीहरु लाई झोला तथा कलम बितरण गरेका छन।

हिमाली गाउँपालिकाको समन्वयमा नेपालको साथि र रबि पेन्टोनी नामक संस्थाको सहयोगमा बिधालयमा झोला वितरण गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल, नागरिक समाजका अगुवा जनेस भण्डारी, हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिमानन्द पान्डे र वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप बुढथापा, हिमाली गाउँपालिका सुचना अधिकारी राजबहादुर भण्डारी, उपाध्यक्ष राजकला सार्की लगायत स्थानीय तथा विद्यार्थीहरुको बाक्लो उपस्थितमा झोला वितरण कार्यक्रम गरिएको छ।

दुर्गम तथा पिछडिएको गाउँपालिका भित्र रहेको क्युडी गाउँका बालबालिका मध्यनजर गरेर सोही ठाउँमा भएको बिधालयका बालबालिका सानो सहयोग भएपनि गाउँपालिकाको विशेष पहलमा झोला वितरण गरिएको छ। बिधालयमा रहेका विद्यार्थीलाई पठनपाठन अझै गुणस्तरीय बनाउन संगै हौसला प्रदान गर्न बिधालयला बालबालिकाहरु लाई स्थलगत पुगेर झोला र कलम वितरण गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

कमेन्टहरु