अपराध, लुम्बिनी प्रदेश

गुल्मीमा किशोरीको बलात्कारपछि हत्या, बाँकेका रहिस खाँ पक्राउ

इन्द्रजित नेपाली
२०८० कार्तिक २० | मध्यान्ह ०८:०७ बजे

गुल्मी, कार्तिक २० । गुल्मीमा गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ । सो हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका- ७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको छ । 

शुक्रबार बिहान चन्द्रकोट- ४ हुग्दी खोलामा १५ वर्षीया किशोरीको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीन किशोर प्रधानले किशोरीमाथि बलात्कारसमेत भएको बताए।

किशोरीको घाँटी थिचेर हत्या भएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। बिहीबार दिउँसो धान काट्न किशोरी र उनको परिवार खेतमा पुगेको थियो।

कमेन्टहरु