लुम्बिनी प्रदेश, समाज

प्रतापपुर गाउँपालिकाले भुकम्प प्रभावितलाई २ लाख २५ हजार सहयोग गर्ने

नवलपुर टुडे
२०८० कार्तिक २० | मध्यान्ह ०७:०७ बजे

नवलपरासी, कार्तिक २० । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितलाई २ लाख २५ हजार सहयोग गर्ने घोषणा गरेको छ । 

गाउँ कार्यपालिकाको कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । 

भूकम्प गएको क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधि उपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको हो ।

पालिकाले सो घटनामा परि नलगाड नगरपालिकाकी उप मेयर्सरिता सिंह एवम् दिवगंत हुनुभएका सर्बसाधारणप्रती गाउँपालिकाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो सम्बेदना एवम घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन ।

साथै, स्वदेश र बिदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला हृदयले मानवीय सेवाको अभियानमा जुट्न प्रतापपुर गाउँपालिका पश्चिम नवलपरासीले अनुरोध गरेका छन ।

photo 2023 11 06 19 11 10 2

कमेन्टहरु