जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २५३ जना घाइते

नवलपुर टुडे
२०८० कार्तिक १९ | बिहान ०६:०७ बजे

काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।
























