देवाही गोनाही नगरपालिकाका समाजबादीका प्रत्यासी मेयर पटेल जसपामा प्रवेश


रौतहट, कार्तिक १८ । रौतहटको देवाही गोहानी नगरपालिकामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको समाजबादी पार्टीका मेयर प्रत्यासी धरमेन्द्र पटेल जनता समाजवादी पार्टी (जसपामा) प्रवेश गरेका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारमा जनता समाजवादी पार्टी नेपालको बितेको दशै आउँदै गरेको शुभ दिपवली तथा छठ पर्वको शुभकामना आदानप्रदान, संगठन विस्तारसँगै बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको नेतृत्वमा पटेललाई पार्टी प्रवेश गराएको हो ।
उनी सँगै बौधिमाई नगरपालिका वडा नं. २ इनर्वाका समाजसेवी बिरेन्द्र प्रसाद पटेल सहित करिब सात सय लगायतका पार्टी प्रवेस गरेको जसपाका केन्द्रीय सदस्य विन्देश्वर यादवले बताए । नवप्रवेसीलाई गम्छा र टिका लगाएर पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेस गराएका हुन् ।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, पूर्वमन्त्री गोविन्द चौधरी, राज्यमन्त्री योगेन्द्र यादव, जिल्ला अध्यक्ष श्याम बिहारी यादव, केन्द्रीय सदस्य किशोरी यादव, विन्देश्वर यादव, लगायत नेताहरू उपस्थित थिए ।























