अपराध, लुम्बिनी प्रदेश

कपिलवस्तुबाट गालीगलोज गरेको आरोपमा वडाअध्यक्षसहित दुईजना पक्राउ

जगत ठाडा मगर
२०८० कार्तिक १८ | मध्यान्ह ०८:०७ बजे

कपिलवस्तु, कार्तिक १८ । गालीगलोज गरेको आरोपमा कपिलवस्तुमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विजयनगर गाँउपालिका- ४ बस्ने बर्ष ५४ का खिमलाल कंडेल र उनका भाइ बर्ष ४५ का तिरञ्चल कंडेल रहेका छन ।

गाली गलोज गर्ने कंडेल दाजुभाईलाई इलाका प्रहरी कार्यालय गणेशपुरले विहिबार पक्राउ गरेको प्रहरी निरिक्षक दिवाकर रिजालले बताए । दाजुभाईले स्थानिय थान प्रसाद रेग्मी लगायतलाई अपशब्द प्रयोग गरी हत्या गर्न सक्ने धम्की दिएको उजुरीको आधारमा पक्राउ गरी हिरासतमा राखिएको गणेशपुरका प्रहरी निरीक्षकले बताए ।

सिचाई डिप बोरीङको हिसाब किताब माग गर्दा कंडेल दाजुभाईले डिप बोरिङ व्यवस्थापन समुहका सदस्यहरूलाई गालाीगलोज गरेका थिए । डिप बोरिङ जडान भएदेखी समितीका अध्यक्ष तिलकराम कडेलले कुनै पनि हिसावकिताव सार्वजनिक नगरेपछी स्थानियले हिसाब किताव सार्वजनिक गर्न माग गर्दै आएका थिए ।

विजयनगर- ४ का वडाअध्यक्षसमेत रहेका तिलकराम कंडेलका दाजु र भाईले स्थानिय थान प्रसाद रेग्मीलाई अपशब्द गाली गलोज गरी मार्ने धम्की दिएका थिए ।

कमेन्टहरु