मधेश प्रदेश

गोलबरजारस्थित लाईफलङ हेल्थ केयरले सदायको गर्‍यो निशुल्क उपचार

जगत ठाडा मगर
२०८० कार्तिक १८ | मध्यान्ह ०७:०७ बजे

सिरहा, कार्तिक १८ । सिरहाको गोलबजारमा रहेको लाइफलङ हेल्थ केयरले एकजना सदायको निशुल्क उपचार गरेका छन । गोलबजार नगरपालिका- ८ मा बस्दै आएका फुलोदेबी सदायका कान्छो छोरा बर्ष ५ को धिरेन्द्र सदायको निशुल्क उपचार गरेका हुन । फुलोदेबीका चार छोरा-छोरीसहित ६ जना परिवार छन ।

उनको आर्थिक अबस्था कम्जोर छ । श्रीमान् गाउँघरमै ज्यालादारीमा लेवर काम गर्छन । फुलोदेबी पनि गाउँघरमै काम गरी परिवार पाल्दै आएकी छिन । उनको छोरा घर अगाडिको इँटाभत्तामा खेल्दै गर्दा माटोको डल्लो झर्दा दाहिने खुट्टा भाँचिएको थियो । छोराको उपचारको लागि पैसा नहुदा फुलोदेबीलाई लाईफलङले उनको छोरालाई निशुल्क उपचारको गरिदिएको हो ।

लाइफलङ हेल्थ केयरका सन्चालक अजय जयसवालले सदायको खुट्टा पलास्टरदेखि औषधिसमेतको खर्च लाईफलङ हेल्थ केयरले नै निशुल्क दिने बताए ।

कमेन्टहरु