लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरी अमेरिका जाँदै

नवलपुर टुडे
२०८० कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका जाँदैछन्। उनी भोलि बिहान ११ बजे अमेरिका जान लागेका हुन्।

मुख्यमन्त्रीको अनुपस्थितिमा कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ।

प्रदेश प्रमुखको कार्यालयले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवासी मास्कीलाई दिइएको जानकारी गराएको छ।

मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनिक ३० औँ डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागी हुने अमेरिका जान लागेका हुन्।

कमेन्टहरु