रुकुम (पश्चिम) मा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

नवलपुर टुडे
२०८० कार्तिक १८ | बिहान ०७:०७ बजे

काठमाडौं । रुकुम (पश्चिम)मा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । सानोभेरी गाउँपालिकामा एकै घरका चारजनासहित अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बाह्रखरीलाई जानकारी दिएको छ । ३६ जना घाइते भएका प्रहरीले जनाएको छ । यो बिहान ४ बजेसम्मको तथ्यांक हो ।
मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ । घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उद्धारमा सेना र प्रहरीसहित चार सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् ।























