अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँका प्रमुख असई राउतले दिए तस्करीको लाईन


वीरगंज, कार्तिक १६ । बीरगंज महानगर वडा नं. १६ स्थित अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँका प्रमुख प्रहरी सहायक निरीक्षक मुनिलाल राउतले अबैध धन्दा बापत रकम असुल गरिरहे पनी सम्बन्धित निकाय मौन रहेको देख्दा स्थानियहरु आश्चर्यमा परेका छन ।
सीमाबाट हुने अबैध क्रियाकलाप तस्करी बापत रकम असुल गरिरहेको स्थानियहरुको आरोप रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले आफ्नो कार्य क्षेत्र भित्र पर्ने कुनै नाकाबाट तस्करी हुन नदिन र गराउन खोज्ने प्रहरीलाई कानूनी कारवाही गर्ने बताए पनी प्रहरी सहायक निरीक्षक राउत माथी हाल सम्म कारवाही प्रक्रिया अगाडि नबढदा प्रश्न चिन्ह खडा भएको छ ।
“एनि हाउ पैसा कमाउ” अभियानमा लागेका अस्थायी प्रहरी पोष्ट इनर्वाका प्रहरी सहायक निरीक्षक राउतले हालको समयमा ठुला वडा तस्करलाइ लाइन दिएको समाचार श्रोतले बताएका छन् ।
हाल ईनर्वा गाउँ भएर राती ११ बजे देखि बिहान ४ बजे सम्म भारतबाट पटाखा, कपडा, हार्डवेयर, जुत्ता चप्पल, किराना लगायतका सामानहरु प्रहरीहरुकै मिलोमतोमा नेपाल आईरहेको छ भने नेपालबाट भारततर्फ रक्सी लगायतका सामग्रीहरु भारततर्फ तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक शाहले पर्सा जिल्लाको सबै नाकामा कडाई गर्न निर्देशन दिए पनि उनी मातहतका ईनर्वा गाउँबाट खुल्लेयाम रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यता स्थानीय युवाहरूका अनुसार प्रहरीले रकम नलिनुजेल तस्करीको लाइन कुनै पनि हालतमा चल्न नसक्ने बताएका छन् । ईनर्वाका असई राउतले रकम बुझे पश्चात् तस्करीको लाईन दिएको समाचार स्रोतको दाबी रहेको छ । यस बिषयमा प्रहरी उपरीक्षक शाहको यसतर्फ ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।























