अपराध, कर्णाली प्रदेश

मुगु सामूहिक हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०८० कार्तिक १३ | बिहान ०९:०७ बजे

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार मध्यान्न करिब  १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले शंकास्पद  व्यक्तिलाई नियन्त्रणमा लिएको हो । हरीले नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ । हत्या अनुसन्धानका लागि ११ गतेनै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर  अनुसन्धान गरिरहेको छ ।

प्रहरी  हत्याराको करिबकरिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख  प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले बताएका बताएका थिए । प्रनाउ थापाले भने, ‘शंकास्पद र अनुसन्धानको क्रममा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा  लगेको र एकिन र विस्तृत घटनाबारे थप अनुसन्धान भइरहेको छ।’  उनका अनुसार अनुन्धा सम्पुर्ण कोणबाट भइरहेको र पुरै सबुत प्रमाण पुगेपछी अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिने छ ।

आइतबारनै  कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम ढकाल पनि घटनास्थल  पुगेका छन् । उक्त घटनाको बिस्तृत विवरण बुझ्न्, अनुसन्धानमा कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । उनलाई मुगुका प्रनाउ विरेन्द्र थापाले घटनास्थलको स्थलगत सम्पुर्ण विवरण पेश गरेका छ्न् ।

photo 2023 10 29 07 05 22

शुक्रबार मुन्दु गाउँकी  २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो । शनिबारनै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको दुइटा  विशेष सुरक्षा टोलि र जुम्लादेखि एउटा विशेष टोलि  मुगु जिप्रकाका प्रमुख सहितको सुरक्षाकार्मी पाँच दिनदेखि घटनानास्थलमै रातदिन लगातार अनुसन्धानमा खटिए पनि खसै हत्याराको अझै कुनै टुंगो लाग्न भने सकेको छैन ।

यता मृतकहरुको शव परिक्षणका लागि शनिबार रातिनै  सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । आइतबार दिउँसोबाट मात्रै शव परिक्षण सुरु गरिएको थियो । सामुहिक हत्या प्रकरणमा पत्नी र तीन छोराछोरी गुमाएका पीडित दिपक  बोहरा भन्छन्, मेरो परिवारलाई हत्या गर्ने त्यो हत्यारा अपराधी पत्ता लगाइ नियन्त्रणमा लिएर सार्वजनिक नगरिँदासम्म आफुले कुनैपनी हालतमा लास नबुझ्ने बताएका  छ्न । ‘परिवारको सुन्दर भविष्को सपना बोकेर  वैदेशिक रोजगारीमा गएको थिए, तर आज कुन दुष्ट पापिले मेरो सबै सपना चुड्यो’, उनले भाबुक हुँदै भने।वैदेशिक रोजगारीमा कतार गएका दिपक एक्कासि  पत्नी र तीन छोराछोरी सामुहिक हत्या भएको खबर सुनेपछि उनी शुक्रबारनै नेपाल फर्केका थिए । शनिबार दिउसो उनी मुगु पुगेका थिए ।

कात्तिक ७ गते बेलुकी दशैको टिकालगाउन  पत्नी श्रीदेवी तीन छोराछोरीसहित नजिकै रहेको माइतीगाउँ कोटिल्ला गएकी थिइन । उनी ८ गतेनै माइतीदेखि आफ्नो घर मुन्दु फर्केकी थिइन् । बाटोमा पति दिपकसँग मोबाइलमा भिडियोकल गर्दै घर पुगिन र त्यसपछि पनि पति दिपक र पत्नी श्रीदेबीबिच लामो कुराकानी भयो । त्यसपछि भोलि बारिको सिमि उखेल्नु छ । काम सकेर भोलि कुरा गरौला भनिन् तर त्यसपछि एक्कासी १० गते शुक्रबार मृत्युको खबर आयो । त्योनै परिवारसँगको अन्तिम कल भयो, दिपक भावविह्वल अवस्थामा भन्छ्न् ।

कमेन्टहरु