गुल्मीमा ८० बर्षभन्दा बढी उमेरका बृद्धबृद्धालाई सम्मान

इन्द्रजित नेपाली
२०८० कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे

गुल्मी, कात्तिक ११ गते । गुल्मीको धुर्कोट गाउँपालिकामा ८० बर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ ।
गाउँपालिकाभरीका ७० भन्दा बढी बृद्धबृद्धालाई खादासहित सम्मानपत्र र फलफूल वितरण गरिएको हो । धुर्कोट गाउँपालिका –६ निवासी स्वर्गीय बासबहादुर जिसीको सम्झनामा छोराहरु डाक्टर विष्णुबहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी र दानबहादुर जिसीको आयोजनामा बृद्धबृद्धालाई सम्मान गरिएको छ ।
सोही अवसरमा बासबहादुर जिसीको सम्झनामा लेखिएको ‘संस्मरण सङ्गालो’ नामक पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयलाई हस्तान्तरण गरिएको छ।
सो पुस्तक गत असोज २८ गते काडमाडौको सभागृहमा साहित्यकार शशी पन्थी र पूर्व सासंद एवम् साहित्यकार सूर्यबहादुर सेनले बिमोचन गर्नुभएको थियोे ।























