कर्णाली प्रदेश, दुर्घटना

भिरबाट लडेर महिलाको मृत्यु

जगत ठाडा मगर
२०८० कार्तिक ११ | मध्यान्ह ०१:०७ बजे

रुकुमपश्चिम, कात्तिक ११ गते । रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका –६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो । 

सानीभेरी गाउँपालिका –६ का वडा अध्यक्ष पहलसिंह घर्तीका अनुसार स्थानीय छहरे भिरबाट लडेर उहाँको मृत्यु भएको हो । घाँस काट्ने क्रममा करिब चारसय मिटर माथि भरिबाट लडेको र उहाँको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो । 

कमेन्टहरु