अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा सम्मान

नवलपुर टुडे
२०८० कार्तिक ११ | बिहान ०७:०७ बजे

काठमाडौँ । चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ।
बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो।सम्मानका क्रममा सामाजिक क्षेत्रमा उनको सक्रियताको पक्षलाई समेत सम्झना गरिएको छ।
हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए। बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्यान्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेलसमेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालाको योगदानलाई लिएर सम्मान गरिएको हो।


















