रौतहटमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ जना घाइते

दिपेश कुमार शाह
२०८० कार्तिक १० | मध्यान्ह ०६:०७ बजे

रौतहट, कात्तिक १० । रौतहटमा बसको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना ६ ख १४६३ नम्बरको बडिगार्ड बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको हो।
तत्मा आफ्नै घर अगाडि बिहान धुनी तापेर बसिरहेका बेला बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुई जना घाइते भएका छन्। तत्मालाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस नजिकै रहेको स्थानीयको घरको भित्तामा ठोक्किन पुगेको थियो।
त्यसै क्रममा घरधनी फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएको प्रहरीले जनाएमाके छ। घाइते दुवैको गौर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।























