महोत्तरीबाट हत्याको आरोपमा दुई भारतीय पक्राउ


महोत्तरी । हत्याको आरोपमा दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको पिपरा गाउँपालिका-५ का १९ वर्षीय आशिक पासवानको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत बिहारको जिल्ला मधुबनि जयनगरका १९ वर्षीय दिपक मलिक र सोही जिल्ला साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी दिलिप कुमार गिरिले जानकारी दिए।
बिहीबार बेलुका पिपरा गाउँपालिकाको हर्दिया टोलस्थित खेतमा आशिक मृत अवस्थामा फेला परेका थिए। घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यलय महोत्तरी र ईलाका प्रहरी कार्यलय सहोडवाबाट प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीको कमान्ड खटिएका प्रहरीले टोलीले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरि सर्वजनिक गरेको हो।
घटना पश्चात् उनीहरू पिपरा गाउँपालिका-५ स्थित आफ्नो मामा घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यलय महोत्तरी जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा आशिकको हत्यामा उनीहरूको संलग्नता देखिएको छ।























