अपराध, बागमती प्रदेश

टेकुमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

जगत ठाडा मगर
२०८० कार्तिक ९ | मध्यान्ह ०७:०७ बजे
प्रतीकात्मक तस्बिर ।
काठमाडौं । काठमाडौं महानगरपालिका–१२, टेकुमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । स्थानीय २२ वर्षीय रिक्की देउलासहित सातजनालाई बुधबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद तीन लाख ८६ हजार २०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान  कार्यालयले जानकारी गराएको छ ।

कमेन्टहरु