कर्णाली प्रदेश, राजनीति

रुकुम पश्चिममा प्रधानमन्त्री पुष्पकमल दाहाल

जगत ठाडा मगर
२०८० कार्तिक ९ | मध्यान्ह १२:०७ बजे

रुकुम  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन्।

जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उनी‌ रुकुम पुगेका हुन्। रुकुम पुगे लगत्तै प्रचण्ड  ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी  केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागीसमेत भएका थिए ।

साथै  सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ। माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।

कमेन्टहरु