समाचार

गुल्मीमा खोला तर्ने क्रममा बगाएर ५२ बर्षीय पुरुषको मृत्युु

इन्द्रजित नेपाली
२०८० कार्तिक ८ | मध्यान्ह ०४:०७ बजे

गुल्मी । गुल्मी र बागलुङ जिल्लाको सिमानामा पर्ने दरमखोलामा एक अन्दाजी ५२ बर्षिय पुरुषको शव फेला परेको छ । गुल्मीको मुसिकोट नगरपालिका- ७ बेसेरी र गलकोट नगरपालिका- ११ दरमखोला नदीमा गलकोट नगरपालिका वडा नं ११ रिघा फेँदीका अन्दाजी ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।

मृतक नरबहादुर मंगलबार बेलुकीदेखि घरबाट हिँडेको परिवारले बताएका छन् । कुमालको शव खोलामा घोप्टो परेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानमा स्थानीयहरु खोला तरेर वारपार गर्ने गर्दछन् । मृतक कुमाललाई खोला तर्ने क्रममा खोलाले बगाएको हुन सक्ने प्रहरीले बताए ।

अहिले प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हरिचौर लगेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

कमेन्टहरु