धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश
कपिलवस्तुका विजयनगरमा दशैको शुभकामना आदानप्रदान सम्पन्न


नन्दकिशोर चौधरी
कपिलवस्तु । कपिलबस्तुको विजयनगर श्री लौटन राम द्रोपती देवी मा.बि.विजयनगर- ७ गणेशपुरमा वडा दशैं शुभकामना आदनप्रदान सम्पन्न भएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रमबाट आउदो दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न “विद्यालयको स्वर्ण जयन्तीको शुभ अवसर गुणस्तर शिक्षाको लागि महायज्ञ “को तयारीको लागी विद्यालयको अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूबाट रू.५१०००/- र विजयनगर गाउँपालिका वडा नम्बर- ५ को वडा अध्यक्ष श्री अनवर मोहम्मद मुस्लिम ज्यूबाट रू. २५२००/- को आर्थिक सहयोग गर्नुभएको छ ।
उपस्थित सम्पूर्ण सहभागी ज्यूले पनि सक्दो सहयोग गरिने भनी इच्छा ब्यक्त गर्नुभएको छ । शिक्षक संगठनको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, छठ, लगायतको पर्वको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो । आफनो फाईदाको लागि मात्रै पेशागत संगठन आवद्ध भएर मात्रै नहुने उल्लेख गर्दै, शिक्षकहरूलाई सांगठनिक रुपमा खुलेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
विजयनगर- ७ का दिनेश कुमार चौधरीले आफ्नो पेशालाई मर्यादित बनाउन आग्रह गर्नु भयो । र समस्य भएको खण्डमा छलफलको माध्यमबाट समस्या समाधान खोजिने सक्ने भन्दै पेसागत संगठन अगाडि बढ्नु पर्ने बताउनु भयो । विजयनगरका अध्यक्ष गाेपाल बहादुर थापा, ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख दिवकर रिजाल र विजयनगरका शिक्षकहरु लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।























