धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

नवलपरासीको रामग्राम- ४ मा कालरात्री (फुलपाती) सम्पन्न

जगत ठाडा मगर
२०८० कार्तिक ४ | मध्यान्ह ०७:०७ बजे

परासी । नवलपरासीको रामग्राम-४ मा पनि नवरात्रीको सातौं दिन (फुलपाति ) सम्पन्न गरिएको छ । कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ, यसै कारण देवी १ कालरात्रि नामले विख्यात हुनुहुन्छ वहाँको स्वरूप डरलाग्दो रहेको छ ।

शिरको कपाल भयानक एवं बिग्रिएको छ, गोला गोला र ठुला ठुला तीन नेत्रले युक्त तथा मस्तकमा अर्ध चन्द्र विराजमान छ । देवी आफ्नो भुजाहरू तथा गलामा बिजुली जस्तै तरङ्ग भएको चमकदार माला धारण गरेकी, देवी कालरात्रि चार भुजाहरूले युक्त हुनुहुन्छ । आफ्नो दुवै दाहिने भुजाबाट देवी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको र बायाँ भुजामा खड्ग र पाश शक्ति धारण गरेकी हुनुहुन्छ देवी को वाहन गधा हो अतस् देवी गधामा सवारी गर्नुहुन्छ । वहाँको नासिकाको श्वास प्रश्वासबाट अग्निको भयानक ज्वालाहरू निस्किरहन्छन् देवी कालरात्रिको स्वरूप अत्यन्तै घोर एवं भयानक देखिनुहुन्छ ।

तर देवी संधै सदाचारीहरूको लागि शुभ फल प्रदान गर्नेवाली भएकाले वहाँको एउटा अर्को नाम शुभंकरी पनि प्रसिद्ध छ । नवरात्रको सप्तमी तिथि माता कालरात्रिलाई समर्पित छ । वहाँको भक्तले श्रद्धा एवं भक्तिले कुनैपनि प्रकारबाट आतंकित या भयभीत हुनुपर्दैन, सबै परिस्थितिहरूमा सुरक्षित महसुस गर्दछन् । देवी कालरात्रिले दुष्टहरूको विनाश गर्नुहुन्छ । दैत्य, राक्षस, भूत, प्रेत इत्यादि अशुभ शक्तिहरू कालरात्रिको स्मरण मात्रले पनि भयभीत भएर पलायन हुन्छन् साथै ग्रह जनित दोषहरू देवीको कृपाले निवारण हुनेछ । देवी कालरात्रिको साधकले सर्वदा भयबाटमुक्त हुनेछ ।

कालरात्रि दुराचारि, पाखंडि तथा दुष्टहरूको लागी देवी घोर प्रताप तथा भयानक स्वरूप वाली हुनुहुन्छ र उनिहरुलाई दण्डित गर्ने वाली हुनुहुन्छ, अन्यथा देवीको शुभंकरी स्वरूप सदा सर्वदा शभकै कारक रहेको हुन्छ। देवीको भक्तहरू हर प्रकारको भय जस्तै अग्नि भय, रोग भय, शत्रु भय इत्यादि भयबाट मुक्त रहन्छन् । ब्रह्माण्डको समस्त सिद्धिहरू देवीले आफ्नो भक्तहरूलाई प्रदान गर्नुका साथै समस्त पापलाई नाश गरी मृत्यु पश्चात् अक्षय पुण्य प्रदान गर्नुहुन्छ ।

कालरात्रि माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले धर्म, अर्थ, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ कालरात्रिलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू अधिक प्रिय छन् । कालरात्रिलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ अस्तु ।

कमेन्टहरु