देश, धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

मंगलवार सीमा नाकामा आवत जावतमा कडाई गरिने, शान्ति सद्भाव कायम गर्न सबैमा अपिल

नवलपुर टुडे
२०८० कार्तिक ४ | मध्यान्ह ०४:०७ बजे

कृष्णनगर, असोज ४ । दशैलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाभरी शान्ति सुरक्षा दिन प्रहरी दानरात एक गरेर लागेको छ। कृष्णनगर क्षेत्रमा समेत शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मी आहोरात्र खटेका छन्।

मूर्ति व्यवस्थापन समितिको समान्वयमा कृष्णनगर क्षेत्रका मूर्तीहरु मंगलवार तथा भारत बढ्नीको मूर्ति हरु समेत सोही दिन विसर्जन गर्ने जानकारी गराइएको छ।

आइतवार देखि मंगलवार सात गते सम्म जिल्लाभरी मदिरा बिक्री वितरण ओसार पसारमा रोकसमेत लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

यहि असोज मंगलवारका दिन कृष्णनगर र भारत बढ्नीकोसमेत मूर्ति मंगलवार नै विसर्जन हुने भएकाले शान्ति सुरक्षा मजबुत बनाउन सिमानाकामा कडाई गरिने भएकाले यात्रुहरु सोमवारसम्म नै आ-आफ्नो गन्तव्यमा जान प्रशासनले अनुरोध गरेको छ।

कमेन्टहरु