अपराध, मधेश प्रदेश

बरिष्ठ सई यादवले पैसा उठाउँन परिचालन गरेका दुईजना प्रहरीलाई प्रदेश कार्यालयले तानियो

जगत ठाडा मगर
२०८० कार्तिक ३ | मध्यान्ह ०४:०७ बजे

सिरहा, कार्तिक ३ । बदनामीको चाङ्ग रहेको र संगठनको नीति विपरीत काम गर्दै आएकोले पछिल्लो समय बदनाम रहेका प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) ललन मगरदैता यादवले अवैध रुपमा पैसा उसुल्न प्ररिचालन गरेको दुईजना प्रहरी र एक जना ट्राफिक प्रहरीलाई कारवाहीका लागि प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ईलाका प्रहरी कार्यालय बन्दीपुरमा कार्यारत प्रहरी बरिष्ठ हबल्दार मोहिचन साह, प्रहरी सहायक हबल्दार जीतेन्द्र बहादुर तामाङ र ट्राफिक प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी बरिष्ठ हबल्दार संतोष दास गरी जिल्लाबाट ३ जना प्रहरीलाई मधेश प्रदेशको डीआइजी कार्यालयले उनीहरुलाई कारवाहीका लागि तानिएएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार उनीहरु संगठन नीति नियम र आचरण विपरीत कार्य गर्दै गरेको अवस्थामा यही साताको सोमवार बेलुका करीब नौ बजेको समयमा प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई कारवाहीका लगिएको हो।

स्रोतका अनुसार चार्डको बेला पूर्वपश्चिम राजमार्गका सवारी साधनको चाप बढे पछि ती सवारी साधनहरु विभिन्न बहाना गर्दै चेक जाँचका नाममा कानून विपरीत अवैध तरीकाले पैसा उसूली गर्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरी प्रदेश कार्यालय लगिएको स्रोतको दाबी छ।

यता, कारवाहीका लागि पक्राउ गरेर लगिएका पीड़ित प्रहरीहरुका परिजनका अनुसार सानो दर्जाका कर्मचारीलाई मात्र मोहोरा बनाएर कारवाहीको भागीदारी बन्न बिबस बनाउने इन्चार्जलाई कुनै पनि कारवाही नगर्ने कस्तो यो न्याय रूपी अन्याय गर्न खोजेको हो ? प्रहरी संगठन चेनअफ कामाण्डमा चल्ने बलियो संगठन हो । तर, त्यही चेनअफ कामाण्ड र ठुला हाकिमको आदेश पालना गर्न सिकाईएका श्रेणी विहीन सानो दर्जा प्रहरी जवान, प्रहरी हबल्दार जस्ता दर्जाका प्रहरीहरु यसरी कारवाही खेप्न बाध्य बन्ने गर्छन्।

तर, क्षणिक लोभ लालच देखाई प्रभावमा पारी गलत बाटोमा खटाईने यूनिट इन्चार्ज यादव जस्तालाई कारवाही नहुनु प्रहरी संगठन प्रतिको उपहास रहेको पीड़ित परिवारको दुखेसो छ।

उता, यस विषयमा मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराईलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउँन चाहेनन्। उनलाई दर्जनौ फोन गरी सम्पर्कमा ल्याउने प्रयास भयो। तर, उनलाई गरेको फोनकॉलको उनले कुनै मतलब राख्नु भएन ।

कमेन्टहरु