संविधानविद् भिमार्जुन आचार्यले ओलीलाई दिए, कडा र डर लाग्दो अभिब्यक्ति


काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले महामारीको समयमा आएको अध्यादेशले नेपाललाई फिजीको अवस्थामा पुर्याउने बताएका छन । उनले ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि आफूहरुले विरोध गरेको र उनको गुट र कार्यकर्ताहरू आफूविरुद्ध खनिएको पनि आरोप लगाए ।
महामारीको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको बताए । आचार्यले सामाजिक सञ्जालमार्फत यस्तो कुरा बताएका हुन ।
पहिले आफैले विरोध गर्दै आएको नागरिकता सम्बन्धी विधेयकको व्यवस्थालाई अध्यादेशमार्फत ओली नेतृत्वको सरकारले सत्ता टिकाउनको लागि ल्याएको उनले बताए । अध्यादेशका कारण प्रधानमन्त्री ओलीले भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान् भन्ने आशंका आचार्यको छ ।
संविधानविद् आचार्यले प्रधानमन्त्री ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको बताए । उनले लेखेका छन, एउटा नेताभन्दा देश ठूलो हो । होसियार होऔँ । त्यो तत्व पचासौँ वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिऔँ ।























