धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश

हिन्दू परिषद् नेपालद्धारा प्रसाद वितरण

रंजित चौरसिया
२०८० कार्तिक ३ | बिहान ०५:०७ बजे

वीरगंज । हिन्दू धर्मावलम्बीहरुको महान चाँड विजया दशमीको पावन अवसरमा हिन्दू परिषद् नेपालले प्रसाद वितरण गरेको छ ।

वीरगंज माईस्थान स्थित गहवामाई मन्दिरको दक्षिणपट्टी शिविर राखेर विजया दशमीको घटस्थापनाकै दिन देखि प्रसाद वितरण गरिरहेको छ । दशैं सुरु भए देखि नै गहवामाई मान्दिरमा श्रद्धालु एवं भक्तजनहरुको भिड बढदै गएको छ । परिषद्ले हरेक दिन साँझ ६ः३० देखि (खिर) प्रसाद वितरण गर्दै आएको परिषद्का केन्द्रिय कार्यवाहक अध्यक्ष बिजय गुप्ताले बताए ।

प्रसाद वितरण कार्यमा परिषद्का केन्द्रिय सचिव सुनिल गुप्ता, कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्यहरु लालबाबु पटेल, अमोद केवट, चितरन्जन श्रीवास्तव, सचितानन्द दुबे, पर्सा जिल्ला सचिव अशुं कुमार, वीरगंज महानगर अध्यक्ष श्याम बाबु साह लगायतका समुहले सहयोग गर्दै आएको परिषद्ले जनाएको छ ।

कमेन्टहरु