कैलालीमा अवैध सालको काठ बरामद

जगत ठाडा मगर
२०८० कार्तिक २ | मध्यान्ह ०५:०७ बजे

धनगढी । कैलालीमा अवैध सालको काठ बरामद गरिएको छ।
जिल्लाको कैलारी गाउँपालिका–१ दक्षिण मझेराबाट ५५ दशमल ९८ क्युफिट सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार दिउँसो बेवारिसे अबस्थामा काठ बरामद गरेको हो। उक्त काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय बसन्तामा बुझाइको छ।























